काठमाडौं। सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको छ। आज दिउँसो सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ को तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर सडक बन्द भएको हो।
पहिरो खसेपछि सडकमा गाडीको लामो लाइन लागेको छ।अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। आज बिहान पनि त्यही ठाउँमा पहिरो खस्दा सडक खण्ड एक घण्टा बन्द भएको थियो।
बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ।यो सडक खण्ड भएर दैनिक हजारौँ गाडी आउजाउ गर्ने गर्दछन्।