Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

ललितानिवास जग्गा हिनामिना प्रकरणका आरोपी प्रहरी फन्दामा, कसैलाई पनि उन्मुक्ति नदिइने प्रधानमन्त्री प्रचण्डको आश्वासन (खासखबर)

ललितानिवास जग्गा हिनामिना प्रकरणका आरोपी प्रहरी फन्दामा, कसैलाई पनि उन्मुक्ति नदिइने प्रधानमन्त्री प्रचण्डको आश्वासन (खासखबर)

  • बुधवार, आषाढ १३ २०८०

  • 657
    SHARES

  • ललितानिवास जग्गा हिनामिना प्रकरणका आरोपी प्रहरी फन्दामा, कसैलाई पनि उन्मुक्ति नदिइने प्रधानमन्त्री प्रचण्डको आश्वासन (खासखबर)

    काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा हडप्न सरकारी कागजात कीर्ते गरेको अभियोगमा पक्राउ परेका चार जना आरोपी प्रहरी हिरासतमा छन् । उनीहरुमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई ७ दिनको समय दिएको छ । अदालतले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

    यता, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित कीर्तेमा हदम्याद लागू नहुने बताएको छ । विषेश अदालतमा मुद्दा विचाराधीन रहेका बेला आफूहरुलाई सरकारी कागज कीर्तेमा मुद्दा चलाउन लागेको भन्दै दायर रिटमा सर्वोच्च अदालतले मुलुकी अपराध संहिता २०७४ मा ‘सार्वजनिक लिखत किर्ते गरेको थाहा भएको मितिले २ वर्ष नाघेपछि उजुर लाग्ने छैन’ भनिएकाले पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो । सीआईबीका एसएसपी दिनेश आचार्यका अनुसार चार चरणमा ललिता निवासको जग्गा किर्ते गरिएको छ ।

    त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको दाबी गर्नुभएको छ । साथै उहाँले यस्ता विकृति विरुद्धको लडाइँ यतिमै नरोकिने पनि बताउनुभयो । हाइ प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणले त्यसलाई चिरेको उहाँको भनाइ छ ।

    प्रचण्डले यो शुद्धीकरण यतिमा नरोकिने र निरन्तर अगाडि बढ्ने बताउँदै प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवासका अभियुक्तहरु पक्राउ पर्न थालेको बताउनुभयो । मिटर ब्याजी र सहकारीका ठगहरुमाथि करबाही सुरु भइसकेको जानकारी गराउँदै उहाँले आफूलाई सदन र आमजनताको समर्थन आवश्यक रहेको बताउनुभयो ।

    १९८६ सालदेखि ८९ सालसम्म प्रधानमन्त्री बनेका श्री ३ भीमशमशेरले किनेको र पछि उनका शाखासन्तानमा हस्तान्तरण हुँदै आएको बालुवाटारको २९९ रोपनी जग्गा र त्यहाँ निर्मित दरबार आजभोलि ‘ललिता निवास’ भनेर चिनिन्छ । मालपोतको अभिलेखअनुसार उक्त जग्गा भीमशमशेरले १९८८ सालमा खरिद गरेका हुन् । ललिता निवास भीमशमशेरले छोरा हिरण्यशमशेरलाई अंश दिएपछि हिरण्यशमशेरबाट उनका छोरा सुवर्णशमशेरमा हस्तान्तरण भयो । सुवर्णशमशेरले २०१७ असार २९ गते श्रीमती श्वेतप्रभाका नाममा ५८ रोपनी तथा तीन छोरा कनक, कञ्चन र रुक्मशमशेरलाई ५७ रोपनीका दरले बकसपत्र गरिदिए । बाँकी ६१ रोपनी ११ आना जग्गा आफ्नै नाममा राखे । यसबाहेक केही जग्गा बाटोमा गयो ।

    पछि आएर २०६६ चैत र २०६७ वैशाखमा माधवकुमार नेपालको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले प्रधानमन्त्री निवासबाहिर रहेको ललिता निवासको २७ रोपनी जग्गा प्रधानमन्त्री निवासअन्तर्गत ल्यायो । त्यहाँ ‘मोही रहेको’ नक्कली विवरण खडा गरियो अनि उनीहरूलाई पुनःस्थापनाका नाममा करिब १३ रोपनी जग्गा बाँडियो । बाटो बनाउँदा थप ५ रोपनी जग्गा घट्यो । यस पटक जग्गा पाउने १२ जना नक्कली मोहीले पनि आफूले जग्गा पाएको केही दिनमै उनै शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा उनका परिवारलाई बेचेका थिए । यसरी हरेकको पालामा यो जग्गा हिनामिना हुँदै आएको थियो ।


    बुधवार, आषाढ १३ २०८००८:२०:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij