Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
ललिता निवास प्रकरण

ललिता निवास प्रकरणः सातजना पक्राउ, थप केहीलाई पक्राउ गर्ने तयारी

ललिता निवास प्रकरणः सातजना पक्राउ, थप केहीलाई पक्राउ गर्ने तयारी

  • मंगलवार, आषाढ १२ २०८०

  • 2.0K
    SHARES

  • ललिता निवास प्रकरणः सातजना पक्राउ, थप केहीलाई पक्राउ गर्ने तयारी

    काठमाडौं । सरकारले ललिता निवास प्रकरणको अनुसन्धान पुनः थालेको छ । सोही प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आज (मंगलबार) सात जनालाई पक्राउ गरेको हो ।

    मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित सात जनालाई पक्राउ गरेको सीआईबीले जनाएको छ । पक्राउ पर्नेमा देउजा, शाह, मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्की र भूपेन्द्रमणि केसी रहेको प्रहरीले जानकारी दिएको छ ।

    सीआईबी स्रोतले दिएको जानकारीअनुसार अरु थप केहीलाई पक्राउ गर्ने तयारी छ ।


    मंगलवार, आषाढ १२ २०८००३:२४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij