Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

न्यायाधीश नियुक्तिको एजेण्डासहित बसेको न्याय परिषद्को बैठक निष्कर्षविहीन

न्यायाधीश नियुक्तिको एजेण्डासहित बसेको न्याय परिषद्को बैठक निष्कर्षविहीन

  • सोमवार, आषाढ ११ २०८०

  • 670
    SHARES

  • न्यायाधीश नियुक्तिको एजेण्डासहित बसेको न्याय परिषद्को बैठक निष्कर्षविहीन

    काठमाडौं । न्यायाधीश नियुक्तिको एजेण्डासहित बसेको न्याय परिषद्को बैठक निष्कर्षबिनै सकिएको छ ।

    न्यायाधीश नियुक्तिका सम्बन्धमा छलफल भएपनि अर्को बैठकमा थप छलफल गर्ने गरी सोमबारको बैठक सकिएको हो ।

    न्यायाधीश नियुक्तिका लागि बसेको बैठकमा प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा छलफल भएको थियो । छलफलका क्रममा प्रस्तावित न्यायाधीशको विषय टुङ्गोमा पुग्न नसकिएको र प्रत्येक व्यक्तिको सम्बन्धमा छुट्टाछुट्टै छलफल भएको थियो ।

    प्रस्तावित न्यायाधीशहरुको विषयमो परिषद्का सदस्यबीच छलफल नसकिएपछि बुधबार पुनः बैठक बस्ने गरी सोमबारको बैठक सकिएको छ । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार अब अर्को बैठक असार १३ गते बस्नेछ ।


    सोमवार, आषाढ ११ २०८००४:५७:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij