Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

दुईवटै कारमा नक्कली नम्बर ! कसरी सम्भव भयो ?

दुईवटै कारमा नक्कली नम्बर ! कसरी सम्भव भयो ?

  • सोमवार, आश्विन १२ २०७७

  • 1.0K
    SHARES

  • दुईवटै कारमा नक्कली नम्बर ! कसरी सम्भव भयो ?

    काठमाडौं । काठमाडौंबाट प्रहरीले दुई कारमा नक्कली नम्बर प्रयोग गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैशाली प्रोडक्सन र खोली इम्पेरियमका सञ्चालक सुरेन्द्रकुमार अग्रवाल छन् ।

    महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले दुईवटा सवारी साधनसहित अग्रवाललाई पक्राउ गरेको हो । वृत्तका डिएसपी अपिलराज बोहराका अनुसार अग्रवालले वास्तविक नम्बर बा११च ६५५० भएको गाडीमा बा११च ६५५७ र वास्तविक नम्बर बा७च ४४५४ भएको गाडीमा बा७च ४४५५ नम्बरको नक्कली नम्बर प्लेट राखेका थिए ।

    एक गाडी वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वर र अर्को सुन्धारास्थित चाइना टाउनबाट प्रहरीले नियन्त्रणमा लिएको हो । अग्रवालले जोर–बिजोरमा प्रयोग गर्नबाहेक फर्जी कार्य र तस्करीमा समेत यी गाडी प्रयोग गरेका हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको डिएसपी बोहाराले बताउनुभयो ।

     


    सोमवार, आश्विन १२ २०७७०२:०८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij