Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

वीर अस्पतालका ७०० जनरल बेड बिरामीले निःशुल्क पाउने

वीर अस्पतालका ७०० जनरल बेड बिरामीले निःशुल्क पाउने

  • शुक्रवार, आषाढ ८ २०८०

  • 1.0K
    SHARES

  • वीर अस्पतालका ७०० जनरल बेड बिरामीले निःशुल्क पाउने
    काठमाडौं । वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि बिरामीलाई नि:शुल्क उपलब्ध गराउने निर्णय गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त भएसँगै उक्त घोषणा गरिएको हो।
     
    यसअघि प्रतिबेड २०० रुपैयाँ शुल्क लिने गरिएको थियो। बेड नि:शुल्क गर्दा वार्षिक ५ करोड रुपैयाँ खर्च हुने बताइएको छ। सरकार र आन्तरिक स्रोतबाट उक्त खर्च भरपाई गरिने बताइएको छ। अस्पतालका क्याबिन र आईसीयूमा भने निश्चित शुल्क लाग्नेछ। 
     
    सरकारले बिहीबार उपकुलपतिमा डा भूपेन्द्र बस्नेत, रेक्टारमा डा लोचन कार्की, रजिस्ट्रारमा डा ज्ञानेन्द्र शाह र डिनमा डा अशेष ढुंगानालाई नियुक्त गरेको छ।


    शुक्रवार, आषाढ ८ २०८००३:३९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij