Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

हवाई भाडादर घट्यो, कुन गन्तव्यमा कति (सूचीसहित)

हवाई भाडादर घट्यो, कुन गन्तव्यमा कति (सूचीसहित)

  • बुधवार, आषाढ ६ २०८०

  • 1.7K
    SHARES

  • हवाई भाडादर घट्यो, कुन गन्तव्यमा कति (सूचीसहित)
    काठमाडौं । निजी क्षेत्रका वायु सेवा कम्पनीहरूले आन्तरिक हवाई भाडादर घटाएका छन्। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित वायुसेवालाई बुधबार(आज)देखि लागू हुने गरी भाडादर घटाउन निर्देशन दिएको छ।
     
    यससँगै काठमाडौं–भद्रपुर भाडा ३ सय रूपैयाँले घटेको छ। नयाँ भाडादरअनुसार यो गन्तव्यका लागि ४ हजार ५०५ रूपैयाँ तोकिएको छ। यसअघि ४ हजार आठ सय पाँच रूपैयाँ रहेको थियो। 
     
    त्यस्तै नयाँ भाडादर काठमाडौं–विराटनगर ३ हजार ६०० रूपैयाँ, काठमाडौं–जनकपुर एक हजार ९३० रूपैयाँ, काठमाडौं–भरतपुर १ हजार ६०५ रूपैयाँ, काठमाडौं–पोखरा २ हजार ३८० रूपैयाँ रहेको छ। 
     
    त्यसैगरी, काठमाडौं–भैरहवाको नयाँ भाडादर तीन हजार ८५ रूपैयाँ तोकिएको छ। उक्त रूटको भाडादर हालको भन्दा ३२५ रूपैयाँले घटाइएको हो। 
     
    काठमाडौं–नेपालगन्जको भाडादर चार हजार ८९० रूपैयाँ, काठमाडौं–धनगढीको ६ हजार ६२५ रूपैयाँ, काठमाडौं–तुम्लिङटारको २ हजार ७६५ रूपैयाँ, काठमाडौं–सिमराको एक हजार ३५० रूपैयाँ, काठमाडौं–सुर्खेत ५ हजार १८५ रूपैयाँ र काठमाडौं–राजविराज रूटको भाडादर एक हजार ६६५ रूपैयाँ तोकिएको छ।
     
    अन्य कुन गन्तव्यको भाडा कतिले घट्यो ? (सूची)
    hawai-bhada1_x24VVSR1c9.jpghawai-bhada2_Je3aiBmiB5.jpghawai-bhada3_0bK8L9F93z.jpghawai-bhada-4_vePhP3zAkC.jpg


    बुधवार, आषाढ ६ २०८००७:२४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij