काठमाडौं । कोरोना भाइरस महामारीको नाममा कतिपय सञ्चार गृहहरुले पत्रकार तथा कर्मचारीहरुलाई जागिरबाट निकाल्ने, तलब नदिने र बेतलबी विदा दिने गरेको विरोधमा पत्रकारहरु संगठित भएका छन् । सञ्चारगृहबाट पीडित भएका पत्रकारहरुले पेशागत अधिकारका निम्ति संगठित रुपमा आन्दोलन अघि बढाउन ‘सञ्चार गृहका पीडित पत्रकार-कर्मचारी संयुक्त संघर्ष समिति’ गठन गरेका हुन् ।
विभिन्न पत्रकार संगठनका अगुवा तथा सञ्चार गृहबाट पीडित पत्रकारहरूको भेलाले नेपाल पत्रकार महासंघका पूर्वसचिवसमेत रहनुभएका कारोबार पत्रकार तथा कर्मचारी संघका संयोजक धर्मेन्द्र कर्णलाई संयोजक तोकेको छ । त्यस्तै, सहसंयोजक विकास कार्की रहनुभएको छ ।
यसैबीच, पत्रकारहरूले उठाएका मागहरूलाई आफूहरुले पनि आफ्नो बनाउने महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रतिबद्धता जनाउनुभएको छ । यसको स्वागत गर्र्दै संयोजक कर्णले हालै विज्ञप्ति जारी गर्नुभएको छ ।
विज्ञप्तिको पूर्णपाठ :

