Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

पर्यटन मन्त्री सुदन किराँती प्रदेशको नाम राख्न हच्किएपछि...

पर्यटन मन्त्री सुदन किराँती प्रदेशको नाम राख्न हच्किएपछि...

  • आइतवार, आषाढ ३ २०८०

  • 1.0K
    SHARES

  • पर्यटन मन्त्री सुदन किराँती प्रदेशको नाम राख्न हच्किएपछि...

    काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल भइरहेको छ ।

    आइतबार संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति पर्यटन तथा नागरिक उड्ययन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसबन्धी विनियोजन शीर्षकमाथि छलफल गर्ने कार्यसूची थियो । तर प्रदेशको नाम उल्लेख नगरेका कारण पर्यटन मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुन सकेन ।

    मन्त्रालयगत योजना समावेश भएको पुस्तकमा प्रदेशको नामको सट्टा १–२–३ भनेर उल्लेख गरिएको थियो । एमाले सचेतक महेश बर्तौलाले यसमा नियमापत्ति गर्नुभयो । मन्त्रालयगत योजना समावेश भएको पुस्तकमा उल्लेख भएको प्रदेश १–२–३... लाई आफूहरुले नचिन्ने भन्दै उहाँले सच्याउन माग गर्नुभएको थियो ।

    लगतै पर्यटनमन्त्री सुदन किराँतीले पुस्तकको पेज जम्बर ११ देखि १८ सम्म प्रदेशको नामको सट्टा अंक उल्लेख भएकाले सच्याएर ल्याउने बताउनुभयो । लगतै सभामुखले मन्त्रीले सच्याएर ल्याउने प्रतिवद्धता जनाएको भन्दै अंकको ठाउँमा नाम मानेर मन्त्रालयगत छलफल अघि बढाउन आग्रह गर्नुभयो ।

    तर एमालेले मानेन । एमाले सचेतक बर्तौलाले कुस राखेजसरी मान्न नसकिने भन्दै सच्याएर नल्याएसम्म छलफल हुन नसक्ने बताउनुभयो । त्यसपछि सभामुखले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई कार्यसूचीबाट हटाउनुभएको थियो ।

     


    आइतवार, आषाढ ३ २०८००१:१०:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij