Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सांसद दीपक खड्काद्वारा संखुवासभाका बाढीपीडितको राहतका लागि सरकारको ध्यानाकर्षण

सांसद दीपक खड्काद्वारा संखुवासभाका बाढीपीडितको राहतका लागि सरकारको ध्यानाकर्षण

  • आइतवार, आषाढ ३ २०८०

  • 1.0K
    SHARES

  • सांसद दीपक खड्काद्वारा संखुवासभाका बाढीपीडितको राहतका लागि सरकारको ध्यानाकर्षण

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काले संखुवासभाका बाढीपीडितको खोजी, उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    संखुवासभामा अविरल वर्षाका कारण पिलुवा, हेवा, सभा खोलामा आएको भीषण बाढीका कारण कैयौं मानिस बेपत्ता भएका छन् भने खर्बौंको भौतिक संरचनामा क्षति पुर्याएको उहाँले बताउनुभयो ।

    ‘‘रातको समयमा भएकाले सबै तथ्य आइसकेको छैन । तर, अविरल झरीका कारण खोलाले कैयौं मान्छे, घर र पक्की तथा झोलुंगे पुल बगाएको छ । १५–१६ वटा हाइड्रोपावर बगाएको छ । किसानको खेत पुरिदिएको छ । संखुवासभामा अकल्पनीय मानवीय र भौतिक क्षति भएको छ । विषम परिस्थिति र विपद्को घडीमा खोजी, उद्धार र राहतमा जुट्न सरकार, संसद् र सुरक्षाकर्मी, राजनीतिक दलहरु, नागरिक समाज सबै पक्षलाई म आग्रह गर्दछु, ‘नेपाली रेडियो नेटवर्क (एनआरएन)को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उहाँले भन्नुभयो।’

    काठमाडौंमा रहेका सांसद खड्काले राति नै प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गरेर उद्धारमा जुट्न आग्रह गरेको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेर जानकारी गराउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई रातदेखि फोन आइरहेको छ । जनता त्रसित अवस्थामा छन् । रातभरि सुत्नुभएको छैन । संखुवासभाबाट मलाई फोन गरेर कतिपयले खोलामा यस्ता भयंकर आवाज सुनिएकै थिएन भन्नुभएको छ ।’

    तीनवटा खोलामा रहेका १८–२० वटा हाइड्रोपावरको क्षति सोच्नै नसकिने खालको भएको पनि खड्काले बताउनुभयो । उहाँले थप्नुभयो, ‘नेसनल ग्रिडमा जोडिएका, उत्पादनको चरणमा रहेका र निर्माणाधीन जलविद्युत् आयोजना पूर्ण रुपमा क्षति भएको छ ।’ खड्काले हरसम्भव आजै जिल्ला पुग्ने पनि बताउनुभयो । गाडीबाट संखुवासभा पुग्न १६–१७ घण्टा लाग्छ ।


    आइतवार, आषाढ ३ २०८००१:०१:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij