Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीश कार्की फुर्तिलो नदेखिएको कारण धेरै काम गर्न सक्नुहुन्न : रामनारायण विडारी

प्रधानन्यायाधीश कार्की फुर्तिलो नदेखिएको कारण धेरै काम गर्न सक्नुहुन्न : रामनारायण विडारी

  • शनिवार, आषाढ २ २०८०

  • 773
    SHARES

  • प्रधानन्यायाधीश कार्की फुर्तिलो नदेखिएको कारण धेरै काम गर्न सक्नुहुन्न :  रामनारायण विडारी

    काठमाडौं । वरिष्ठ अधिवक्ता रामनारायण विडारीले नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समय कम भएकाले थोरै काम मात्रै गर्न सक्ने बताउनुभएको छ ।

    आफूले र आफ्नो टिमले तयार पारेको प्रतिवेदनलाई फुलकोर्टमा राखेर फुलकोर्टबाट स्विकृत गराएर लागु गराउनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनको निम्ती काम गर्नबाहेक अरु काम नभ्याउने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै विडारीले समय एकदमै कम र प्रधानन्यायाधीश कार्की पनि काममा फुर्तिलो नदेखिएको कारण धेरै काम गर्न नसक्ने दाबी गर्नुभयो । इमानमा राम्रो भए पनि क्रियाशील र फुर्तिलो बनेर काम गर्न सक्ने मान्छे नभएका कारण २०–२५ दिनमा जति सक्नुहुन्छ त्यति काम गर्न सक्ने विडारीको तर्क रहेको छ ।

    इजलाशमा बसेर काम गर्न पाउने समय २० दिन मात्रै भएकाले समय भन्दा पनि हिम्मत र अभ्यास भए धेरै गर्न सक्ने बताउँदै अब कार्कीले यो समयमा कसरी काम गर्नुहुन्छ हेर्न बाँकी रहेको विडारीको भनाइ छ ।


    शनिवार, आषाढ २ २०८००८:२८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij