काठमाडौं। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बाँदर नियन्त्रण गर्न डेढ करोड बढी बजेट विनियोजन गरेको छ। प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले आज बसेको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै बाँदर नियन्त्रण गर्न एक करोड ५२ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभएको हो।
बाँदर प्रभावित क्षेत्रमा घाँस खेती गरी पशुपालन खेती गर्न कृषकलाई प्रवर्द्धन गरिने पनि मन्त्री मगरले बताउनु भएको छ।मन्त्री मगरले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि पनि बजेट विनियोजन गरेको समेत बताउनु भयो।
प्रदेश भित्रका ५ सय रोपनी जग्गाको चक्लाबन्दी गरिने बताउँदै प्रदेशको अधिकार भित्र रहेको सहकारीका क्रियाकलापमा नियमित र सघन अनुगमन गरिने उहाँले घोषणा गर्नुभयो ।