Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रचण्डको अगाडि फेरिएको डा. बाबुराम भट्टराईको बोली...

प्रचण्डको अगाडि फेरिएको डा. बाबुराम भट्टराईको बोली...

  • शुक्रवार, आषाढ १ २०८०

  • 2.1K
    SHARES

  • प्रचण्डको अगाडि फेरिएको डा. बाबुराम भट्टराईको बोली...

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

    भट्टराई समाजवादी मोर्चाको विषयमा कुराकानी गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको थियो । अध्यक्ष भट्टराईले प्रधानमन्त्री प्रचण्डसँग हालैको भारत भ्रमण, संघीय बजेट, टीआरसीलगायतका शान्तिप्रकृयाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा छलफल भएको बताउनुभयो ।

    देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि वृहत समाजवादी मोर्चा निर्माण गर्न आवश्यक भएको उहाँको भनाइ छ ।

    उहाँले बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह समेत गर्नुभएको छ। बाबुराम पछिल्लो समय प्रधानमन्त्री प्रचण्डसँग सन्तुष्ट हुनुहुन्न ।

    तत्काल पार्टी एकताको सम्भावना नभएपछि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा मोर्चा घोषणाको अन्तिम तयारीमा जुटेका हुन् । मोर्चामा बाबुराम भट्टराई नेतृत्वको नेसपा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र वामदेव गौतमलाई पनि सामेल गराउने प्रयास भइरहेको छ ।


    शुक्रवार, आषाढ १ २०८००२:००:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij