Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सेयर बजार यो साताभर नै हरियो

सेयर बजार यो साताभर नै हरियो

  • बिहिवार, जेठ ३२ २०८०

  • 420
    SHARES

  • सेयर बजार यो साताभर नै हरियो

    काठमाडौं। आज सेयर बजार सामान्य वृद्धि भएर बन्द भएको छ। यो साताभर नै रेकर्ड बनाएको पुँजी बजारले आज भने सामान्य वृद्धि हुँदै बन्द भएको छ। साताको अन्तिम कारोबार दिन आज सेयर बजार ५ अङ्कले बढेको छ।

    उक्त अङ्कको वृद्धिले नेप्से परिसूचक २०४२ अङ्कमा कायम भएको छ। कारोबार रकम पनि पछिल्लो दिनभन्दा कम रहेको छ। आज ३ अर्ब १६ करोडमाथिको कारोबार भएको छ।

    हिजो कारोबार रकम ५ अर्ब १ करोड रहेको थियो।आज कुल ७५ कम्पनीको मूल्य बढेको छ भने १३९ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, ९ वटाको भने स्थिर रहेको छ। आज धेरै कमाउनेमा सिटी होटल अघि रहेको छ।

    जसको मूल्य १० प्रतिशत बढेको छ। त्यस्तै, अभियान लघुवित्तको ९ प्रतिशतले बढेको छ। बीपीडब्लू लघुवित्तको ८, कालिका लघुवित्तको ८ र सोल्टी होटलको ६.८ प्रतिशत मूल्य बढेको छ।

    त्यस्तै,उपसमूहतर्फ भने निर्जीवन बीमा १४३,उत्पादन ८,जीवन बीमा ३०८, होटल तथा पर्यटन उपसमूह २०८ अङ्कले बढेको छ। तर बैंकिङ २,विकास बैंक १२,फाइनान्स १६, जलविद्युत् ८, माइक्रोफाइनान्स २१ र व्यापार उपसमूह ४४ अङ्कले घटेको छ।


    बिहिवार, जेठ ३२ २०८००४:१२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij