Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

यस्तो छ कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

यस्तो छ कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

  • बुधवार, जेठ ३१ २०८०

  • 665
    SHARES

  • यस्तो छ कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
    काठमाडौं । कोशी प्रदेश सरकारले कृषि क्षेत्रमा केही नयाँ कार्यक्रम ल्याउँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेको छ ।
     
    प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा सानो लगानीबाट स्वरोजगार हुन चाहने युवाहरूलाई लक्षित कार्यक्रम रहने उल्लेख छ ।
     
    जसमा तरकारी, च्याउ, मह, पशुपालन आदि व्यवसाय सञ्चालनका लागि सहुलियतपूर्ण कर्जा तथा सहयोग उपलब्ध गराइने, कृषि वस्तु उत्पादन, भण्डारण, आपूर्ति, गुणस्तर नियमन जस्ता कार्यलाई व्यवस्थित गर्दै लगिने, स्थानीय तहसँगको सहकार्यमा शीतभण्डार निर्माण तथा सञ्चालनमा सहकार्य गरिने, ‘एक स्थानीय तह एक उत्पादन कार्यक्रम’ लाई व्यवस्थित गर्दै लगिने उल्लेख छ ।
     
    त्यस्तै  प्रदेशलाई औद्योगिक हबको रूपमा विकास गर्न उपयुक्त स्थानमा ‘कोशी औद्योगिक क्षेत्र’ स्थापनाका लागि अध्ययन गरिने, अल्लो, बाँस, बेतबाँस, भेंडाको उन, पशुहरूको छाला जस्ता स्थानीय कच्चा पदार्थमा आधारित सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गरी परम्परागत उद्यमशीलता प्रवर्द्धनका लागि उन्नत प्रविधि अवलम्बनमा सहयोग गरिने बताइएको छ ।
     


    बुधवार, जेठ ३१ २०८००४:२७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij