Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

संसदीय सुनुवाइ समितिद्वारा उजुरीकर्तालाई आमन्त्रित गरी छलफल गर्नेसम्बन्धी कार्यविधि पारित

संसदीय सुनुवाइ समितिद्वारा उजुरीकर्तालाई आमन्त्रित गरी छलफल गर्नेसम्बन्धी कार्यविधि पारित

  • सोमवार, जेठ २९ २०८०

  • 539
    SHARES

  • संसदीय सुनुवाइ समितिद्वारा उजुरीकर्तालाई आमन्त्रित गरी छलफल गर्नेसम्बन्धी कार्यविधि पारित

    काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकले उजुरीकर्तालाई आमन्त्रित गरी छलफल गर्नेसम्बन्धी कार्यविधि पारित गरेको छ ।

    प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइका लागि आज उजुरी खोलिएसँगै उजुरीकर्तासँग यससम्बन्धी छलफल गर्न कार्यविधि पारित गरेको हो ।

    यससँगै जेठ ३१ गते बुधबार ११ बजे अर्को बैठक बोलाउने निर्णय भएको छ । यसैबीच प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने नगर्ने भन्ने निर्णय जेठ ३२ भित्रमा गते हुने भएको छ ।

    प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेका २९ वटा उजुरीमाथि अध्ययन गर्न सोमबार समितिका सदस्यहरूलाई फोटोकपी वितरण गरिएको छ ।

    कार्की गत वैशाख २५ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीश लागि सिफारिस भएका थिए । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की आगामी साउन २० देखि अनिवार्य अवकाशमा जाने छन् ।


    सोमवार, जेठ २९ २०८००१:५२:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij