Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

नेपाल–चीन फ्रेण्डसीप ड्रागन वोट फेस्टिभलको तयारी तिब

नेपाल–चीन फ्रेण्डसीप ड्रागन वोट फेस्टिभलको तयारी तिब

  • बिहिवार, जेठ २५ २०८०

  • 452
    SHARES

  • नेपाल–चीन फ्रेण्डसीप ड्रागन वोट फेस्टिभलको तयारी तिब

    काठमाडौं। पोखरामा आयोजना हुन लागेको नेपाल–चीन फ्रेण्डसीप ड्रागन वोट फेस्टिभलको तयारी तिब्र पारिएको छ । नेपाल पर्यटन बोर्डमा आज संयुक्त पत्रकार सम्मेलनको आयोजना गरि नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद र चाइना ओभरसीज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएशन नेपाल (हान) र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) संगको सहकार्यमा असार ८ र ९ गते (२३–२४ जुन) हुन लागेको फेस्टिभलको तयारी तिब्र पारिएको जानकारी गराईएको हो ।

    पत्रकार सम्मेलनमा बोल्दै चिनीयाँ दुतावास, काठमाण्डौंका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले नेपाल र चीनबीच लामो समय देखि आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहँदै उल्लेख गर्दै यस प्रकारको कार्यक्रमले दुई देश तथा जनस्तरमा रहको सम्बनध सुमधुर हुनुका साथै नेपालको पर्यटन प्रर्वद्धन गर्न सघाउ पुग्ने बताउनु भयो ।

    डीसीएम वाङ जिनले यस्तो वोट फेस्टिभल ५० भन्दा बढि देश तथा क्षेत्रहरुमा आयोजना हँदै आइरहको जानकारी दिँदै नेपालमा आयोजना गरिएको यो कार्यक्रम दषिण एशिया मै पहिलो भएको बताउनु भयो । साथै उहाँले यो फेस्टिवल एशियन गेममा समेत सहभागी गराइने खेल रहेको जानकारी दिनुभयो ।

    नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको यस प्रकारको कार्यक्रमले समग्रमा नेपाल कै पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटलाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको बताउनु भयो ।

    उहाँले यो कार्यक्रम एकपटकका लागि मात्र नभई हरेक वर्ष निरन्तरता दिनेगरी अगाडि बढाउने सोंच रहेको समेत जानकारी दिनुभयो । ‘ यो कार्यक्रमले नेपालको समग्र पर्यटनमा नयाँ प्रडक्टका रुपमा थपिने छ नै । यसका माध्यमबाट हरेक वर्ष थप पर्यटक ल्याउन सकिन्छ । यसमा सबै सरोकारवालाहरुको सहयोग र सहभागिता जरुरी छ । ’ उहाँले भन्नु भयो ।

    पोखरामा अन्तरराष्ट्रिय विमानस्थल निमार्ण सम्पन्न भएको अवस्थामा यस प्रकारका कार्यक्रमले विदेशीलाई पोखरामा आमन्त्रण गर्न र विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गर्न पनि यस कार्यक्रमले सघाउ पुग्ने अपेक्षा गरिएको बताउनु भयो । उहाँले यो कार्यक्रममा पनि चीनबाट चार्टर उडान गर्ने प्रयास भइरहको उहाँले जानकारी दिनुभयो ।

    कार्यक्रमा अवसरमा फेस्टिवलको लोगो तगथा पर्वद्धनात्मक भियियो समेत अनावारण गरिएको थियो । नेपालमा चीनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमा सम्बन्धमा गत वैशाख २१ गते बिहीबार नेपाल पर्यटन बोर्ड र चिनीयाँ दुतावासका अधिकारी तथा पोखरा महानगरपालिकाका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।


    बिहिवार, जेठ २५ २०८००६:५०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij