Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नरेन्द्र मोदीले अमेरिकी संसद्मा सम्बोधन गर्ने

नरेन्द्र मोदीले अमेरिकी संसद्मा सम्बोधन गर्ने

  • बुधवार, जेठ २४ २०८०

  • 553
    SHARES

  • नरेन्द्र मोदीले अमेरिकी संसद्मा सम्बोधन गर्ने

    काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी असार ७ गते अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री मोदीले असारको पहिलो सातादेखि गर्ने अमेरिकाको राजकीय भ्रमणको क्रममा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन्।

    उनलाई सभामुख तथा सिनेटका अध्यक्ष एवम् अन्य अधिकारीले सम्बोधनका निम्ति आमन्त्रण गरेका छन्।प्रधानमन्त्री मोदीले पनि अमेरिकी सदनको निमन्त्रणा स्वीकार गर्दै संयुक्त बैठकमा सम्बोधन गर्ने घोषणा गरेका छन्।

    अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई दुई पटक सम्बोधन गर्ने प्रधानमन्त्री मोदी एकमात्र भारतीय नेता हुनेछन्। यो विदेशी प्रतिष्ठित व्यक्तिहरूलाई अमेरिकाले दिने सर्वोच्च सम्मानमध्ये एक हो।

    सन् २०१४ मा प्रधानमन्त्री बनेपछि नेता मोदीले तीनै जना अमेरिकी राष्ट्रपति बाराक ओबामा, डोनाल्ड ट्रम्प र जो बाइडेनसँग द्विपक्षीय र बहुपक्षीय भेटघाटका लागि आधा दर्जनभन्दा बढीपटक अमेरिकाको भ्रमण गरेका छन्।

    यद्यपि राजकीय भ्रमणका निम्ति उनलाई पहिलो पटक निमन्त्रणा गरिएको छ। अमेरिकाका नजिकका मित्र र सहयोगीहरूलाई मात्र यस्तो सम्मान दिने प्रचलन छ ।


    बुधवार, जेठ २४ २०८००५:२२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij