Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा सामान्य हरियाली

सेयर बजारमा सामान्य हरियाली

  • बुधवार, जेठ २४ २०८०

  • 570
    SHARES

  • सेयर बजारमा सामान्य हरियाली

    काठमाडौं। सेयर बजार आज सामान्य अंकले बढेको छ। नेप्सेपरिसूचक  ४.६८ अंकले बढेर १९३२.३३ विन्दुमा पुगेको छ।सेन्सेटिभ इण्डेक्स ०.३८ अंकले बढेर ३६५.४५ विन्दुमा अडिएको छ।

    सेयर बजार सामान्य अंकले बढे पनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ। आज २६१ कम्पनीको ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६३५ रुपैयाँ खरिदबिक्री भयो।

    मंगलबार २५.६६ अंकले बढेर सेयर बजारमा  १ अर्ब ९८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन एउटा मात्रै कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले बढेको हो।

    खप्तड लघुवित्त वित्तीयको सेयर मूल्य ८.०२ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा सोल्टी होटल शीर्षस्थानमा रह्यो। सो कम्पनीको १० करोड १३ लाखको सेयर कारोबार भयो। यस्तै शिवम् सिमेन्टको ८ करोड र सिटीजन इन्भेस्टमेन्टको ६ करोड बढिको सेयर खरिदबिक्री भयो।

    आज १३७ कम्पनीको मूल्य बढ्दा ७४ को मूल्य घट्यो। कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ को मूल्य बढ्यो भने ५ को घट्यो। आज ट्रेडिङ उपसमूहको सूचक ४.९७ प्रतिशतले बढ्यो।


    बुधवार, जेठ २४ २०८००४:४३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij