Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

प्रेस युनियनले वर्षभरी प्रशिक्षण चलाउने, सबै शाखा अधिवेशन असार ५ भित्र गरिसक्नुपर्ने

प्रेस युनियनले वर्षभरी प्रशिक्षण चलाउने, सबै शाखा अधिवेशन असार ५ भित्र गरिसक्नुपर्ने

  • बुधवार, जेठ २४ २०८०

  • 512
    SHARES

  • प्रेस युनियनले वर्षभरी प्रशिक्षण चलाउने, सबै शाखा अधिवेशन असार ५ भित्र गरिसक्नुपर्ने

    काठमाडौं । नेपाल प्रेस युनियनका अधिवेशन हुन बाँकी शाखा अधिवेशन आगामी असार ५ गते भित्रमा सम्पन्न गर्नुपर्ने भएको छ । अहिलेसम्म ३० शाखाको अधिवेशन सम्पन्न भएपनि अन्य शाखामा अधिवेशन नभएकाले असार ५ गतेसम्मका लागि समय तोकिएको हो ।

     

    351025364_937461227465584_6895166807122854725_n.jpg

    अहिले तोकिएको समयसिमा भित्र पनि अधिवेशन गर्न नसक्ने शाखा नेतृत्वको हकमा समयावधि सकिएपछि कठोर निर्णय गर्ने युनियनको तयारी छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा भक्तपुरमा सम्पन्न युनियनको तेस्रो केन्द्रीय समितिको बैठकमा अव कुनैपनि बाहनामा अधिवेशन पछाडि सार्न नहुनेमा सबैले जोड दिएका थिए ।

    प्रेस युनियनले घोषणा गरेको ‘पत्रकार प्रशिक्षण वर्ष २०८०’ लाई प्रभावकारी बनाउन बैठकले जिम्मेवारी पनि बाँडफाँड गरेको प्रेस युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिनुभयो ।

    बैठकले पत्रकारिता तालिम सञ्चालन गर्नका लागि पाठ्यक्रम तयार गर्न नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाको संयोजकत्वमा पत्रकार प्रशिक्षण पाठ्यक्रम तयार समिति र नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा प्रशिक्षक व्यवस्थापन समिति गठन गरेको छ ।

    नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानलाई नेपाल प्रेस युनियनले नजिकबाट नियालिरहेको बताउँदै सदस्यता शुद्धीकरणमा प्रेस युनियनको साथ रहेको जनाएको छ । तर, सदस्यता शुद्धीकरण प्रक्रिया अघि बढिरहँदा विचार र आस्थाका आधारमा सदस्यता नवीकरण हुन नदिने र सदस्य हुनबाट वञ्चित गरिएमा युनियनले प्रतिवाद गर्ने निर्णय गरेको छ ।

    पत्रकारले पाउनुपर्ने पारिश्रमिक भुक्तानी गर्न, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न, न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न प्रेस युनियनले दबाब दिने भएको छ ।

    काम गरेर पनि भु्क्तानी नपाएका पत्रकारहरुले युनियनमा जानकारी गराएमा भु्क्तानी गराउने जिम्मेवारी युनियनले पुरा गर्ने युनियनका अध्यक्ष लम्सालले अठोट व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो, युनियनको पहिलो जिम्मेवारी नै श्रमजिवि पत्रकारहरुको अधिकार रक्षा गर्नु हो, त्यसका लागि वार्ता वा आन्दोलन जे गर्न पनि युनियन तयारी अवस्थामा छ । अधिकार खोज्न अव कँही जानु पर्दैन, युनियनमा आए हुन्छ ।’

    असार ५ गतेसम्ममा युनियनका सबै संरचनामा नयाँ नेतृत्व आउने भएकाले जुनसुकै गतिविधि पनि उत्साह र प्रतिवद्धताका साथ हुने उहाँले दावी गर्नुभयो ।

    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संविधानप्रदत्त अधिकार प्रतिकूल हुनेगरी कुनै पनि प्रकारका नीति, नियम, ऐन, कानुन, नियमावली नबनाउन समेत आग्रह गरेको छ ।

    युनियनले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)को समाचार सेवा साना लगानीका स्वरोजगारमूलक सञ्चार माध्यमलाई निःशुल्क उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

    मुलुकमा देखिएको आर्थिक मन्दीका कारण साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यम सञ्चालन गर्न कठिनाइ भइरहेकाले सरकारी लगानीको राससले निःशुल्क सेवा उपलब्ध समाचार गराउन युनियन केन्द्रीय समितिको बैठकले माग गरेको हो।


    बुधवार, जेठ २४ २०८००७:१९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij