Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

शेयर बजार घटेर फेरी राताम्मे

शेयर बजार घटेर फेरी राताम्मे

  • सोमवार, जेठ २२ २०८०

  • 424
    SHARES

  • शेयर बजार घटेर फेरी राताम्मे

    काठमाडौं। शेयर बजार नेप्से आज घटेर राताम्य भएको छ। हिजो ५० अंक माथि पुगेको शेयर बजार आज १७.३८ अंकले घटेर १९०१.९९ को विन्दुमा कायम भएको छ।

    आज २२७ सूचीकृत कमपनीका ५६ लाख लाख २० हजार ३८१ कित्ता शेयर खरिद बिक्रि हुँदा १ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको छ।नेप्सेमा ओरालो लाग्दा सबै उपसूचक राताम्मे भएको छ।

    आज सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रको उपसूचक घटेको देखिएको छ।आज रिभर फल्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने शिव्म सिमेन्ट्को शेयर मूल्य घटेको छ।

    आज शिवम् सिमेन्ट्स र आइजीआई पुड्रेन्सियल इन्स्योरेन्स,र चिलिमे हाईड्रोपावरको शेयरमा लगानीकर्ता झुमिएको देखिएको छ।शिवम् सिमेन्ट्समा १९ करोड ८९ लाख बढीको शेयर खरिदबिक्रि भएको छ।

    त्यस्तै,आईजीआई पु्रडेन्सियलको ९ करोड ९८ लाख रुपैयाँ र चिलिमेको ९ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।


    सोमवार, जेठ २२ २०८००४:०८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij