Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्ने प्रस्ताव गरेको छैन, कन्फ्युजन नरहोस् : प्रधानमन्त्री प्रचण्ड

कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्ने प्रस्ताव गरेको छैन, कन्फ्युजन नरहोस् : प्रधानमन्त्री प्रचण्ड

  • सोमवार, जेठ २२ २०८०

  • 705
    SHARES

  • कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्ने प्रस्ताव गरेको छैन, कन्फ्युजन नरहोस् : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई दिएर बंगलादेश जाने बाटोसँग साट्ने प्रस्ताव आफूले नराखेको प्रस्ट पार्नुभएको छ।

    भारत भ्रमणबाट फर्किएपछि संसद्लाई त्यसको जानकारी दिने क्रममा प्रधानमन्त्री प्रचण्डले उक्त भूमि नेपालको हो भन्ने स्थापित गर्नका लागि आफू लागेको बताउनु भएको छ।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा भारत भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले सीमा समस्याबारे आफ्नो स्पष्ट धारणा रहेको र भारत भ्रमणमा पनि त्यै राखेको बताउनुभयो। ’मैले कहिँ पनि विकल्प यो हुन्छ र यसमा जाउँ भनेर प्रस्ताव गरेको छैन ।

    प्रस्ट होस्, कहिँ कोही कन्फ्युजन नरहोस् । हामीले भनेका छौं कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि हो, नेपालको भूमि हो भन्ने स्थापित गर्ने कुरामा म प्रस्ट छु,’ ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक नेपाल र भारतबीचको सीमा विवाद समाधान गर्नुपर्छ भनेर सार्वजनिक रूपमा अभिव्यक्ति दिएकोप्रति खुसी हुनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

    भारतीय कब्जामा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतको भूमि बंगलादेश जाने बाटोसँग साट्न सकिने कुरा केही बुद्धिजीवीहरूले राखेको कुरा आफूले उल्लेख गरेको तर त्यस्तो प्रस्ताव आफूले नराखेको प्रधानमन्त्रीको भनाइ थियो ।


    सोमवार, जेठ २२ २०८०१२:५४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij