Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

  • आइतवार, जेठ २१ २०८०

  • 602
    SHARES

  • गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)
    काठमाडौं । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आइतबार(आज) प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको सदनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । 
     
    प्रदेशभित्र यातायात व्यवस्था कार्यालयका सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने सरकारले उद्घोष गरेको छ । खानेपानीमा नागरिकको पहुँच सहज बनाउन लिफ्टिङ प्रणालीबाट उपलब्ध गराउने साथै यसबाट लाग्ने विद्युत् महसुलमा अनुदान दिने प्रदेश प्रमुखले बताउनुभयो । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा विस्तार गरी सेवामा पहुँच र स्वामित्व बढाउने जनाएको हो । 
     
    मिर्गौला डायलाइसिसको प्रतीक्षामा रहेका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा विस्तार गर्ने नीति तथा कार्यक्रममा प्रदेश सरकारले घोषणा गरेको हो । यस्तै प्रदेश सरकारले सार्वजनिक खर्चलाई मितव्ययी बनाउन, चालू खर्च कटौती गर्ने र पुँजीगत खर्च बढाउने विषयलाई प्राथमिकता दिने जनाएको छ । कृषि र पशु बिमा कार्यक्रम सञ्चालन मार्फत नागरिकलाई कृषि व्यवसायतर्फ आकर्षित गर्ने सरकारले नीति तथा कार्यक्रम ल्याएको हो ।
     


    आइतवार, जेठ २१ २०८००४:५१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij