Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कृषि मन्त्रालयले भन्यो— भारतले अनुदानमा दिने राँगाबाट एक लाख भैंसीमा नश्ल सुधार हुनेछ

कृषि मन्त्रालयले भन्यो— भारतले अनुदानमा दिने राँगाबाट एक लाख भैंसीमा नश्ल सुधार हुनेछ

  • आइतवार, जेठ २१ २०८०

  • 730
    SHARES

  • कृषि मन्त्रालयले भन्यो— भारतले अनुदानमा दिने राँगाबाट एक लाख भैंसीमा नश्ल सुधार हुनेछ
    काठमाडौं । भारतले नेपाललाई दिन लागेको राँगोबाट एक लाख भैंसीमा नश्ल सुधार हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच भएको समझदारीमध्ये भारतले नेपाललाई १५ वटा राँगो दिने विषय सामाजिक सञ्जालमा ट्रोल बनेपछि मन्त्रालयले प्रष्टीकरण दिएको हो।
     
    आइतबार(आज) एक सूचना जारी गर्दै मन्त्रालयले नेपालको आग्रहमा उन्नत जातको मुर्रा प्रजातिको राँगो नश्ल सुधारका लागि अनुदानमा भारतबाट पाइने निश्चित भएको प्रष्ट्याएको हो।
     
    नेपालले यसअघि पटक–पटक औपचारिक र अनौपचारिक तवरबाट यस्तो राँगो माग गरेको मन्त्रालयले जनाएको छ। नेपालले ५ वर्ष अघिदेखि नै नेपालमा भएको नेपाल भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा भएको निर्णयअनुसार नेपाल सरकारबाट विभिन्न समयमा औपचारिक–अनौपचारिक तवरबाट भारत सरकारसँग ३० वटा उच्च प्रजनन मानका मुर्रा राँगो नेपाल सरकारलाई उपलब्ध गराउन भनेको मन्त्रालयले प्रष्ट्याएको छ।
     
    तीन वर्षअघि त लिखित रुपमा राँगो माग गरिएको र १५ वटा उच्च नश्लका मुर्रा जातका पाडाहरू उपलब्ध गराउन भारतले प्रतिबद्धता जनाएको मन्त्रालयको स्पष्टोक्तिमा भनिएको छ। अहिले भारतले दिने भनेको राँगो नेपाल सरकारलाई वस्तुगत सहायता स्वरूप निःशुल्क उपलब्ध हुने लागिएको मन्त्रालयले जनाएको छ।
     
    यसरी प्राप्त राँगाहरूलाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालयहरू (पोखरा, नेपालगञ्ज र लाहान) मा व्यवस्थापन गरी उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी कृषकलाई कृत्रिम गर्भाधान कार्यको लागि उपलब्ध गराइने मन्त्रालयले जनाएको छ। यी राँगाहरूबाट ३ वर्षपश्चात् वार्षिक कम्तीमा १ लाख ५ हजार लाख डोज वीर्य उत्पादन भई कम्तीमा १ लाख भैंसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधार गरिने मन्त्रालयले जनाएको छ।


    आइतवार, जेठ २१ २०८००४:३०:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij