काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेसहितका विपक्षी दलले अवरोध गरेपछि रोकिएको प्रतिनिधिसभाको बैठक सोमबार(भोलि) बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार(आज)को बैठक अवरोध गरेपछि एक घण्टाका लागि बैठक स्थगित भएको थियो ।
तर आज अर्को बैठक बस्ने सम्भावना नभएपछि प्रतिनिधिसभाका सचिव पद्य प्रसाद पाण्डेयले सूचना टाँसी भोलिसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनुभएको हो ।
नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा राष्ट्रघाती काम भएको भन्दै एमाले,रास्वपा र राप्रपाले आजको बैठक अवरोध गरेका थिए । उनीहरूले यो विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् ।