Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछाने भोलि दक्षिण अफ्रिका जाँदै

सन्दीप लामिछाने भोलि दक्षिण अफ्रिका जाँदै

  • आइतवार, जेठ २१ २०८०

  • 2.1K
    SHARES

  • सन्दीप लामिछाने भोलि दक्षिण अफ्रिका जाँदै

    काठमाडौं । नेपाली टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछानेले जिम्बाबेमा आयोजना हुने आईसीसी विश्वकपको क्यवालिफायर खेल्ने भएका छन् । विश्वकप क्यालिफायरका लागि अभ्यास खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली यसअघि नै दक्षिण अफ्रिका प्रस्थान गरिसकेको छ ।

    नाबालिग बलात्कारको अभियोगमा उनीमाथि दायर गरिएको मुद्दा हाल न्यायालयमा विचाराधीन अवस्थामा छ । त्यसैले सन्दीप टोलीका अन्य खेलाडीसँग दक्षिण अफ्रिका जान पाएका थिएनन् ।

    ‘अदालतले सन्दीपको मुद्दाको पेसी आगामी असार २९ गतेका लागि सारेको छ । हामी सबैको सामूहिक प्रयासबाट सन्दीपले विश्वकप क्वालिफायर खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले भने, उनी सोमबार दक्षिण अफ्रिका प्रस्थान गर्दैछन्।’  


    आइतवार, जेठ २१ २०८००२:५६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij