Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नागरिकता मात्रै होईन राष्ट्रपतिले आममाफी दिएको विषयमा पनि आपत्ति छ : लिङ्देन

नागरिकता मात्रै होईन राष्ट्रपतिले आममाफी दिएको विषयमा पनि आपत्ति छ : लिङ्देन

  • आइतवार, जेठ २१ २०८०

  • 612
    SHARES

  • नागरिकता मात्रै होईन राष्ट्रपतिले आममाफी दिएको विषयमा पनि आपत्ति छ : लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलको नेता राजेन्द्र लिङ्देनले लामो समयसम्म प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणअघि किन प्रमाणीकरण गरियो भन्दै यस विषयमा सरकारले जवाफ दिनुपर्ने बताउनु भएको छ।

    उहाँले नागरिकता मात्रै नभएर राष्ट्रपतिले आममाफी दिएको विषयमा पनि आपत्ति रहेको बताउनुभयो। ’भारत भ्रमणसहितको विषय प्रधानमन्त्रीले जवाफ नदिन्जेल यो संसद अघि बढ्न सक्दैन,’ लिङ्देनले भन्नुभएको छ।

    विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

    नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गर्नुभएको हो ।


    आइतवार, जेठ २१ २०८००१:२७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij