काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले चीनले नेपाली भूमि नमिचेको बताउनुुभएको छ । दार्चुलामा नयाँ निर्माण गरिएको सशस्त्र प्रहरीको गण उद्घाटन गरेर आज सुर्खेत पुुग्नुुभएका थापाले चीनले हुम्लाको नम्खा गाउँपालिकाको लिमीमा नेपाली भूमि नमिचेको बताउनुुभएको हो ।
चीनले नेपाली भूमि अतिक्रमण नगरेको परराष्ट्र मन्त्रालयले यसअघि नै स्पष्ट गरिसकेको हुँदा सञ्चारमाध्यममा आएजस्तो चीनले नेपाली भूमि अतिक्रमण नगरेको उहाँले दाबी गर्नुुभयो ।
उहाँले देशभरमा बाढीपहिरोले मानविय र भौतिक क्षति गरेकाले सुरक्षित आवास निर्माण गर्न सरकारले गृहकार्य सुरु गरेको समेत बताउनुुभयो ।
‘कुन ठाउँमा बढी जोखिम छ र कस्तो ठाउँमा बस्ती बसाल्दा उपयुक्त हुन्छ भनेर गृह मन्त्रालयले प्रतिवेदन तयार गरिरहेको छ’, उहाँले भन्नुभयो, ‘प्रतिवेदनका आधारमा सुरक्षित बस्ती बसाल्ने काम थालिने छ ।’