Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

दाङमा इलेक्ट्रोनिक पसलमा आगलागी

दाङमा इलेक्ट्रोनिक पसलमा आगलागी

  • बिहिवार, जेठ १८ २०८०

  • 687
    SHARES

  • दाङमा इलेक्ट्रोनिक पसलमा आगलागी

    काठमाडौं। दाङमा इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी भएको छ। आज मध्याह्न घोराही १५ स्थित बन्जाडे इलेक्ट्रोनिक्सको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।

    आगलागी भएको एक घण्टाभित्रै स्थानीय, सेना प्रहरी र घोराही उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रण लिएको छ।आगलागीबाट इलेक्ट्रोनिक्स सामग्रीहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिनु भयो।

    गोदामको विद्युत् सट हुँदा आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


    बिहिवार, जेठ १८ २०८००२:४४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij