Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

डिशहोम इन्टरनेटले प्राप्त गर्यो ISO गुणस्तर चिन्ह

डिशहोम इन्टरनेटले प्राप्त गर्यो ISO गुणस्तर चिन्ह

  • बिहिवार, जेठ १८ २०८०

  • 496
    SHARES

  • डिशहोम इन्टरनेटले प्राप्त गर्यो  ISO गुणस्तर चिन्ह

    काठमाडौँ । नेपालमा DTH सेवा प्रदान गरि रहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा ISO प्रमाणीकरण प्राप्त गरेको छ। Americo quality standards registechले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्य सम्पादन मुल्याङ्कन, ग्राहक सेवाको गुणस्तरको आधारमा निरिक्षण गरी डिश मिडिया नेटवर्क लाई ISO9001:2015 प्रदान गरेको हो ।

    स्याटेलाइट टेलिभिजन मार्फत नेपालको कुना काप्चामा गुणस्तरिय सेवा प्रदान गरि रहेको कम्पनीले पछिल्लो समय अन्य सेवा प्रदायकको भन्दा सुलभ र उच्च गुणस्तरको इन्टरनेट सेवा संचालन गरि रहेको छ यस्तै हाल सालै आफ्नो सेवालाई विस्तार गर्ने क्रममा डाटा सेन्टर पनि संचालनमा ल्याएको छ।

    नेपालको पेटिभी इन्डस्ट्रीमा आमुल परिवर्तन ल्याउन सफल रहेको डिशहोमले आफ्नो ग्राहकहरु उच्चगतिको इन्टरनेट सहज र सर्वसुलभ मुल्यमा प्रदान गर्नुका साथै ग्राहक सेवालाई अझ सहज वनाउन देशै भरि विभिन्न स्थानमा डिलर नेटवर्क, सर्भिस सेन्टर र २४ सै घण्टा ग्राहक सेवा केन्द्र संचालन गरिरहेको छ।

    उत्कृष्ट ग्राहक सेवा, कुशल नेतृत्व, व्यवस्थित कार्य सम्पादनको कारणले गर्दानै कम्पनीले ISO प्रमाणी करण प्राप्त गर्न सफल भएको छ। अवको दिनमा कम्पनीले अझै समय अनुसारको प्रविधि प्रयोग गरि कम्पनीले प्रदान गरिरहेको विभिन्न सेवालाई थप गुणस्तरीय र ग्राहक सेवालाई अझ प्रभावकारी वनाउँदै लैजाने कम्पनीले जनाएको छ।


    बिहिवार, जेठ १८ २०८००१:५६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij