Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाल र भारतबीच महत्वपुर्ण ७ सम्झौतामा हस्ताक्षर, यी हुन् सम्झौता भएका विषय

नेपाल र भारतबीच महत्वपुर्ण ७ सम्झौतामा हस्ताक्षर, यी हुन् सम्झौता भएका विषय

  • बिहिवार, जेठ १८ २०८०

  • 1.1K
    SHARES

  • नेपाल र भारतबीच महत्वपुर्ण ७ सम्झौतामा हस्ताक्षर, यी हुन् सम्झौता भएका विषय

    काठमाडौं। नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा आज सम्झौतामा हस्ताक्षर भएको हो।

    तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको छ ।प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत् समझदारी भएका विषयमा जानकारी दिएका छन्।

    यी हुन् सम्झौता भएका विषय,

    –भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवाको उद्घाटन
    –सुनौली भैरहवा इन्टीग्रेटेड चेकपोस्टको शिलान्यास
    –नेपालगञ्ज रूपैडिया इन्टीग्रेटेड चेकपोस्टको उद्घाटन
    –अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाईनको शिलान्यास
    –सिलीगुड़ी–झापा पेट्रोलियम पाईपलाईन निर्माण कार्यको समझदारी
    –दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माणको समझदारी
    –फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्टमा सम्झौता
    –क्रस बोर्डर पेमेन्टबारे समझदारी

     


    बिहिवार, जेठ १८ २०८००१:५०:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij