Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सेयर बजार आज पनि घट्यो

सेयर बजार आज पनि घट्यो

  • बुधवार, जेठ १७ २०८०

  • 354
    SHARES

  • सेयर बजार आज पनि घट्यो

    काठमाडौं। सेयर बजार दोहोरो अंकले घटेको छ। सेयर कारोबारको चौथो दिन नेप्से परिसूचक ३८.८३ अंकले घटेर १८४९.७९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ७.२८ अंकले घटेर ३५३.४३ विन्दुमा पुगेको छ।

    आज २६२ कम्पनीको सेयर कारोबार भएको छ। ती कम्पनीको ८७ लाख ३६ हजार १२८ कित्ता सेयर २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँमा खरिदबिक्री भयो।

    अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ५३.१६ अंकले घटेर १८८८.६१ विन्दुमा पुगेको थियो। सो दिन २७५ कम्पनीको ७० लाख ७४ हजार २५५ कित्ता सेयर २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८४४ रुपैयाँमा खरिदबिक्री भएको थियो।

    यसदिन एउटा मात्रै कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

    यस्तै माइ खोला हाइड्रोपावरको सेयर मूल्य ६.४३ प्रतिशतले बढ्यो। आज युनिलिभर नेपालको सेयर मूल्य १० प्रतिशतले घट्यो। एसियन हाइड्रोपावरको ९.७५ प्रतिशतले ओरालो लाग्यो।

    कारोबार रकमका आधारमा प्रभु बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३४ करोड २८ लाख १६ हजार १२९ रुपैयाँको सेयर खरिदबिक्री भयो। शिवम् सिमेन्टको ११ करोड र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६ करोड बढि मूल्यको सेयर कारोबार भयो।

    कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। मनु एन्ड प्रो सर्वाधिक ३.५३ र होटल्स एन्ड टुरिजमको ३.३१ प्रतिशतले सेयर मूल्य घट्यो।


    बुधवार, जेठ १७ २०८००३:५४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij