Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

मलेसियाविरुद्ध नेपालको सानदार जीत

मलेसियाविरुद्ध नेपालको सानदार जीत

  • मंगलवार, जेठ १६ २०८०

  • 371
    SHARES

  • मलेसियाविरुद्ध नेपालको सानदार जीत

    काठमाडौं। नेपालले मलेसियासँगको दोस्रो ट्वान्टी–२० खेलमा सात विकेटको सहज जित निकालेको छ।आज मलेसियाको बांगीमा भएको खेलमा घरेलु टिमले प्रस्तुत गरेको ९८ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको नेपालले १७.३ ओभरमा तीन विकेट १०३ रन बनायो।

    हिजो भएको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो। तर,आज संयम भएर खेलेको नेपालले मलेसियाले दिएको ९८ रनको लक्ष्य १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो।

    यूकेएम क्रिकेट ओभलमा भएको खेलमा नेपालको लागि कप्तान रुविना क्षेत्रीले २१ बलमा ३ चौका र १ छक्का प्रहारसहित अविजित २९ रन बनाइन्।

    मलेसियाका लागि एइसा इलिसा, निक नुर अटिएला र विनीफ्राइडले १–१ विकेट लिइन्। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९७ रनको योगफल बनाएको थियो। नेपालकी कप्तान रुविना क्षेत्रीले २, कविता कुँवर र इन्दू बर्माले एक एक विकेट लिइन्।


    मंगलवार, जेठ १६ २०८००२:२२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij