Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

‘ए’ डिभिजन लिग : आर्मी र जावलाखेल तथा एपीएफ  र चर्च ब्वाइज भिड्दै

‘ए’ डिभिजन लिग : आर्मी र जावलाखेल तथा एपीएफ  र चर्च ब्वाइज भिड्दै

  • मंगलवार, जेठ १६ २०८०

  • 490
    SHARES

  • ‘ए’ डिभिजन लिग : आर्मी र जावलाखेल तथा एपीएफ  र चर्च ब्वाइज भिड्दै
    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत मंगलबार(आज) दुई खेलहरू हुँदैछन् । दोस्रो लेगको दशौँ चरण अन्तर्गत आज दुई खेलहरू हुनेछन् । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
     
    पहिलो खेलमा त्रिभुवन आर्मी क्लब  र जावलाखेल यूथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र जावलाखेलबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
     
    आर्मी आज आठौं जितको योजनामा हुनेछ । आर्मी २२ खेलमा ३० अंक जोडेर पाँचौं स्थानमा रहेको छ । जावलाखेल दशौँ  जितको खोजीमा हुनेछ । जावलाखेल २२ खेलमा ३४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
     
    यस्तै दोस्रो खेलमा एपीएफ क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ।
     
    एपीएफ नवौं जितको खोजीमा हुनेछ । एपीएफ २२ खेलमा २९ अंक जोडेर छैटौं स्थानमा रहेको छ । चर्च ब्वाइज ११ औं जित निकाल्न चाहन्छ । चर्च ब्वाइज २२ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।


    मंगलवार, जेठ १६ २०८००७:१४:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij