काठमाडौं । सरकारले अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो ।
ती कार्यालयमा कार्यरत कर्मचारीहरूलाई सुविधासहित अवकाश दिइने उहाँले बताउनुभयो।