Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

लोक सेवा आयोगद्वारा परीक्षा तालिका सार्वजनिक

लोक सेवा आयोगद्वारा परीक्षा तालिका सार्वजनिक

  • शुक्रवार, आश्विन ९ २०७७

  • 2.0K
    SHARES

  • लोक सेवा आयोगद्वारा परीक्षा तालिका सार्वजनिक

    काठमाडौँ – लोक सेवा आयोगले लकडाउनले रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ।

    आयोगले शुक्रबकार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

    आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार न्याय सेवातर्फका अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा क्रमशः कात्तिक १८, १९ र २० गते हुने छ ।

    व्यवस्थापिका संसदतर्फ (आन्तरिक प्रतिस्पर्धा)को पहिलो पत्रको परीक्षा कात्तिक २१ गते र दोस्रो पत्रको परीक्षा कात्तिक २२ गते हुने छ । यसैगरी परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद सेवातर्फ खुला तथा समावेशी परीक्षा कात्तिक २३ गतेदेखि सुरु हुने छ ।

    नायब सुब्बा पदको द्वितीय पत्रको परीक्षा मंसिर ७ गते हुने छ । तृतीय पत्रको परीक्षा मंसिर ८, ९, १० र ११ गते तोकिएको छ । परराष्ट्रतर्फ अंग्रेजी र कूटनीति विषयको परीक्षा भने मंसिर १२ गते हुने आयोगले आज जारी गरेको सूचनामा उल्लेख छ ।

    स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको अन्तर्वार्ता तथा कम्प्युटर सीप परीक्षण यही असोज २५, २६ र २७ गते हुने छ ।

    अन्तर्वार्ता र कम्प्युटर सीप परीक्षण लोक सेवा आयोगकै केन्द्रीय कार्यालय अनामनगरमा बिहान ७ः२० बजेबाट सुरु हुने आयोगको सूचनामा उल्लेख छ ।


    शुक्रवार, आश्विन ९ २०७७०४:५९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij