Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एनएससी–काभा महिला भलिबल : उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

एनएससी–काभा महिला भलिबल : उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

उपाधिका लागि भारत र काजकस्तान भिड्दै
  • आइतवार, जेठ १४ २०८०

  • 474
    SHARES

  • एनएससी–काभा महिला भलिबल : उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो
    काठमाडौं । उज्वेकिस्तानलाई हराउँदै नेपालले काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ । 
     
    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३—१ को सेटमा पराजित गरेको हो ।
     
    पहिलो सेट गुमाएको नेपालले त्यसपछिका तीन सेटमा उत्कृष्ट पुनरागमनका साथ खेल जितेको हो । घरेलु टोली नेपालले ८ टोली सहभागी प्रतियोगितामा तेस्रो स्थानमा रहँदै प्रतियोगिता सकाएको छ । हारसँगै उज्वेकिस्तानले चौथो स्थानमा रहँदै प्रतियोगिता समाप्त गरेको छ । 
     
    पहिलो सेट २५—२० ले गुमाएको नेपालले दोस्रो सेट २५—१६ ले जितेर खेलमा फर्किएको थियो । तेस्रो, चौथो सेट २५—१५ र २५—१३ मा जितेर नेपालले तेस्रो स्थान पक्का गरेको हो ।
     
    शुक्रबार भएको सेमिफाइनलमा काजकस्तानसँग पराजित भएपछि नेपालले फाइनल पुग्नबाट वञ्चित भएको थियो । उज्वेकिस्तान भने भारतसँग पराजित भएको थियो ।
     
    उपाधिका लागि भारत र काजकस्तान भिड्ने छन् । फाइनल खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।
     
    राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो।


    आइतवार, जेठ १४ २०८००३:३५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij