Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको मित्रता अझ बलियो बन्छ : मनिष सुमन

प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको मित्रता अझ बलियो बन्छ : मनिष सुमन

  • आइतवार, जेठ १४ २०८०

  • 398
    SHARES

  • प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको मित्रता अझ बलियो बन्छ : मनिष सुमन

    काठमाडौं । जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणले दुई देशबीचको मित्रता अझ बलियो बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    भारत नेपालको निकटतम मित्रराष्ट्र रहेकाले दुइदेशबीच राज्य–राज्य स्तरमा मात्र नभई जनता–जनताबीच पनि अन्योन्याश्रित सम्बन्ध रहेको उहाँले बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले विद्युत् प्रसारण लाइन, हवाई रुट, व्यापार घाटाका विषयमा पनि भारतसँग समझदारी हुने कुरामा विश्वास व्यक्त गर्नुभएको छ ।

    यस्तै नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक तवरमै समाधान गर्नुपर्ने पनि नेता सुमनको भनाइ छ । नेपालको भूमि छिमेकी देशलाई हानि पु¥याउने नभई सहयोग पु¥याउने खालको हुनुपर्नेमा उहाँले जोड रहेको छ ।

    प्रधानमन्त्री प्रचण्डको जेठ १७ गतेदेखि २० गतेसम्म हुने भारत भ्रमणको कार्य तालिका सार्वजनिक भएको छ । हिजो परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको भारत भ्रमणको कार्य तालिका सार्वजनिक गरेको हो ।

    गत पुसमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रधानमन्त्री दाहालको यो पहिलो विदेश भ्रमण हुन लागेको हो । प्रधानमन्त्री दाहालको भ्रमणटोलीमा स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल, मन्त्रीहरू, सचिवहरू र नेपाल सरकारका उच्च अधिकारीहरू सम्मिलित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रोपदी मुर्मु, उपराष्ट्रपति जनदीप धनखरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
    कार्यक्रम तालिका अनुसार प्रधानमन्त्री दाहालले जेठ १८ गते नरेन्द्र मोदी र प्रतिनिधिमण्डलसँग हैदरावाद हाउसमा वार्ता गर्नु हुनेछ ।

    त्यसपछि दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री दाहाल नेपाल फर्किनुअघि मध्य प्रदेशको इन्दोर र उज्जैन भ्रमण गर्ने नेपालको परराष्ट्र र भारतको विदेश मन्त्रालयले जनाएका छन् ।


    आइतवार, जेठ १४ २०८००८:४६:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij