Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पशुपतिनाथको जलहरीबारे प्रधानमन्त्री प्रचण्डद्वारा संसद्मा स्पष्टीकरण, विवादास्पद अभिव्यक्ति संसद्ले हटायो (खास खबर)

पशुपतिनाथको जलहरीबारे प्रधानमन्त्री प्रचण्डद्वारा संसद्मा स्पष्टीकरण, विवादास्पद अभिव्यक्ति संसद्ले हटायो (खास खबर)

  • शनिवार, जेठ १३ २०८०

  • 497
    SHARES

  • पशुपतिनाथको जलहरीबारे प्रधानमन्त्री प्रचण्डद्वारा संसद्मा स्पष्टीकरण, विवादास्पद अभिव्यक्ति संसद्ले हटायो (खास खबर)

    काठमाडौं । माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् अवरुद्ध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसद्मा स्पष्टीकरण दिनुभएको छ । 

    प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीबारे प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोड्नु उचित नभएको बताउनुभएको हो । 

    प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरमा जलहरीमा राख्ने सुनमा भ्रष्टाचार भएको भनिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको भन्दै  उक्त विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जोडेर संसद्मा प्रश्न उठ्नु सही नभएको बताउनुभयो । 

    प्रधानमन्त्री प्रचण्डले पशुपति विकास कोषसँग सम्बन्धित उक्त विषयको छानबिनमा सरकारले सघाउने पनि बताउनुभएको थियो ।

    प्रधानमन्त्री प्रचण्डले विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट उक्त विषय हटाउन सकिने बताउनु भएको थियो । 

    प्रधानमन्त्री प्रचण्डले विवादित उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन अनुरोध गरेपछि अभिलेखबाट हटाउन सभामुख देवराज घिमिरेले संसद् सचिवालयलाई निर्देशन दिनुभएको हो । 

    त्यससँगै आज शनिबार बसेको बैठकमा सभामुख घिमिरेले संसद् सचिवालयलाई अभिलेखबाट उक्त रेकर्ड हटाउन निर्देशन दिनुभएको हो । 

    जेठ १० को प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री ओलीको कार्यकालमा पशुपतिनाथमा जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको र सुनको ठाउँमा पित्तल राखेको बताउनुभएको थियो । 

    दाहालको आरोपपछि नेकपा एमालेले आफूहरूमाथि गम्भीर आरोप लागेको र अभिलेखबाट उक्त रेकर्ड नहटाएसम्म आफूहरूले संसद् चल्न नदिने अडान लिएको थियो। 

    यसअघि आज बिहान प्रमुख तीन दलहरूबीच पशुपतिनाथको जलहरीमा सत्तापक्षका सांसद लेखनाथ दाहालले बोलेको जलहरी प्रकरणको विषयलाई संसद्को रेकर्डबाट हटाउने सहमति भएको थियो। 

    संसद् भित्र प्रमुख प्रतिपक्ष दलका नेतामाथि तथ्यहीन आरोप लगाएको भन्दै नेकपा एमालेले हिजो शुक्रबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो । 


    शनिवार, जेठ १३ २०८००८:११:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij