काठमाडौं । नेपाललाई हराउँदै काजस्तानले काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा काजकस्तान विजयी भएको हो ।
उपाधि दावेदार घरेलु टोली नेपाललाई काजकस्तानले ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा हार व्यहोरेको नेपालले दोस्रो र तेस्रो सेटमा सहज जित हात पारेको थियो । तर, चौथो सेट कजास्तानले जितेर खेलमा पुरागमन गरेको थियो ।
निर्णायक पाँचौ सेट जित्दै ले फाइनलमा स्थान बनाएको थियो । प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले ३०–२८ को अन्तरले गुमाएको थियो । दोस्रो सेट भने नेपालले २५–१६ को अन्तरले सहज रुपले जित हात पार्यो । तेस्रो सेट नेपालले २५–१५ ले जितेको थियो । चौथो सेट काजकस्तानले २५–१८ ले जितैसँगै खेल पाँचौ सेटमा धकेलिएको थियो ।
पाँचौ तथा निर्णायक सेटमा काजकस्ताले १५–७ ले जित्दै फाइनलमा स्थान पक्का गरेको हो ।
जितसँगै काजकस्तानले फाइनलमा स्थान बनाएको छ । काजकस्तानले फाइनलमा पहिलो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । पहिलो सेमिफाइनलमा शुक्रबार नै उज्वेकिस्तानलाई ३० को सेटमा हराउदै भारत फाइनल पुगेको छ ।
पराजित नेपालले पहिलो सेमिफाइनलको पराजित टोली उज्वेकिस्तानसँग तेस्रो स्थानका लागि खेल्नेछ । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।
प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेको छ ।