Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

एसटीएलआरपी र एनएमएको सहकार्यमा ८१ जनालाई ट्रेकिङ गाईड तालिम

एसटीएलआरपी र एनएमएको सहकार्यमा ८१ जनालाई ट्रेकिङ गाईड तालिम

  • बिहिवार, जेठ ११ २०८०

  • 801
    SHARES

  • एसटीएलआरपी र एनएमएको सहकार्यमा ८१ जनालाई ट्रेकिङ गाईड तालिम

    काठमाडौं। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम  युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) संगको सहकार्यमा काठमाडौंमा ३५ दिने ट्रेकिङ गाईड तालिम सम्पन्न भएको छ ।

    तालिममा सातै प्रदेशका ८१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । तालीममा सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित टे्रकिङको सामान्य पर्यटन जानकारी, देशको भूगोल र भूगोल, वातावरण, नेपाली धर्मको इतिहास, अन्तरसांस्कृतिक पर्यटन व्यवहार, पदयात्रा र पर्वतारोहण, पदयात्रामा सुरक्षा र सुरक्षा, जोखिमहरूका बारेमा प्रशिक्षण दिइएको थियो ।

    पर्यटन क्षेत्रमा भएको जनशक्ति अभाव कम गर्न बोर्डले विभिन्न समयमा यस्ता तालिम आयोजना गरेको र त्यसैको निरन्तरता स्वरुप यो तालीम आयोजना गरिएको र तालीम फलदायी भएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा परियोजनाका राष्ट्रिय निर्देशक डा. धनन्जय रेग्मीले जानकारी दिनुभयो ।

    यसले रोजगारीको अवसर मिल्नुका साथै स्वरोजगार समेत सिर्जना गर्ने बोर्डको अपेक्षा रहको समेत उहाँले बताउनु भयो । यस्तै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले तालिमलाई व्यवहारिक बनाउन शैद्धान्तिक तथा व्यवहारिक कक्षाहरू सञ्चालन गरिएको र यसले तालीम थप प्रभावकारी भएको बताउनु भयो ।

    देशैभरीबाट सहभागिताको लागि आव्हन गरि तालिम सञ्चालन गर्न खोजिएकोमा तालिममा सहभागि हुन चाहनेहरूको संख्या धेरै भएपछि अन्तवार्ताको माध्यमबाट सहभागी छनोट गरि तालिम सम्पन्न गरिएको जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिविकोपार्जनविज्ञ धर्म दवाडीले जानकारी दिनुभयो ।

    तालीममा नेपाल पर्वतारोहण पथ प्रर्दशक संघका उपाध्यक्ष तथा अन्तरराष्ट्रिय प्रशिक्षक छिरिङ पाण्डे भोटे, एनएमएका प्रशिक्षक सञ्जय भट्टले ककनीमा प्रयोगात्मक प्रशिक्षण दिनुभएको थियो भने काठमाण्डौमा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) का कार्यकारी निर्देशक अर्जुन राई सहित विभिन्न विधाका २० जना प्रशिक्षकले तालीम दिनुभएको थियो ।

    तालीमको शैद्धान्तिक कक्षा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) मा तथा व्यवहारिक कक्षा नुवाकोटको ककनीमा आयोजना गरिएको प्रतिष्ठान (एनएमए) सूचना अधिकारी हिमाल पण्डितले जानकारी दिनुभयो । तालिमका सहभागीहरुले समेत तालीम व्यबहारिक भएको र यसले आफुहरुमा कम प्रतिको आत्मविश्वास बढाएको बताए ।


    बिहिवार, जेठ ११ २०८००१:२१:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij