Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सगरमाथा आरोहणका क्रममा मृत्यु भएका दुईको शव फेला

सगरमाथा आरोहणका क्रममा मृत्यु भएका दुईको शव फेला

  • बुधवार, जेठ १० २०८०

  • 808
    SHARES

  • सगरमाथा आरोहणका क्रममा मृत्यु भएका दुईको शव फेला

    काठमाडौं । सगरमाथा आरोहणको क्रममा मृत्यु भएका दुई आरोहीको शव भेटिएको छ। जेठ ५ गते सगरमाथा आरोहणको क्रममा मृत्यु भएका मलेसियाका ५६ वर्षीय अग अस्कन्ड्रा बिन अम्पुआन याकूब र वैशाख ३१ गते मृत्यु भएका मालडवाका नागरिक ४६ भिक्टर व्रिन्चको आज शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

    फेला परेका शवमध्ये मलेसियन नागरिक याकूबको हेलिकप्टरमार्फत् उद्धार गरी काठमाडौं पठाइएको छ भने मालडवाका नागरिक व्रिन्चको शव उद्धार गर्न बाँकी छ। प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार याकूब सगरमाथाको चुचुरोमा पुग्न करिब २० मिनेटको दूरी बाँकी रहँदा मृत्यु भएका थिए।

    लाय पायनियर एड्भेन्चरमार्फत् सगरमाथा आरोहणमा आएका उनको शव कम्पनीले नै डाइनेष्टिक एयरको हेलिकप्टरमार्फत् उद्धार गरी काठमाडौं लगेको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ।

    त्यस्तै गत वैशाख ३१ गते सगरमाथा आरोहणको क्रममा सगरमाथाको साउथ पोलबाट बेपत्ता बनेका मालडवाका नागरिक ४६ भिक्टर व्रिन्चको शव पनि आज फेला परेको प्रहरीले जनाएको छ। यद्यपि उनको शव भने उद्धार हुन सकेको छैन।


    बुधवार, जेठ १० २०८००९:०५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij