Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
शरणार्थी प्रकरण

बालकृष्ण खाँणबाट यस्तो बेइमानी काम हुन सक्दैँन : श्याम घिमिरे

बालकृष्ण खाँणबाट यस्तो बेइमानी काम हुन सक्दैँन : श्याम घिमिरे

  • बुधवार, जेठ १० २०८०

  • 494
    SHARES

  • बालकृष्ण खाँणबाट यस्तो बेइमानी काम हुन सक्दैँन : श्याम घिमिरे

    काठमाडौं । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण संलग्न भएको भन्ने कुरामा आफूले विश्वास गर्न नसकेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले खाँणसंग आफ्नो ४० वर्षदेखिको संगत रहेको स्मरण गराउँदै उहाँले खाँण कांग्रेसमा राम्रा नेतामध्ये पर्ने र खाँणबाट यस्तो बेइमानी भयो भन्ने कुरामा विश्वास गर्न नसकिने तर्क गर्नुभएको हो ।

    यस्तै नेता घिमिरेले आफ्नो पार्टी कसैलाई बचाउन नलागेको दबी समेत गर्नुभएको छ । नेता घिमिरेले प्रहरीले कानुन बमोजिम गरेको काममा आफूहरुले कुनै पनि बाधा व्यवधान नदिएको स्पष्ट पार्दै निष्पक्ष काम भइरहेकोमा ढुक्क रहेको बताउनुभयो ।

    मिडिया र जनदबाबका कारण कुनै एक व्यक्तिले रोकेर त्यस्ता अपराध नलुक्ने पनि उहाँको भनाइ छ । यस्तै उहाँले शरणार्थी प्रकरणमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नौटंकी गरिरहेको आरोप समेत लगाउनुभएको छ ।

    अर्को प्रसंगमा घिमिरेले देशमा आर्थिक मन्दीमा छाएका बेला सेनाका लागि चीनबाट हतियार किन्नु नहुने बताउनुभयो । साथै उहाँले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो पदीय धर्म निर्वाह गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।


    बुधवार, जेठ १० २०८००८:५६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij