काठमाडौं।आज सेयर बजारले ५१ अंकको छलाङ मारेको छ। बजारको परिसूचक नेप्से ५१.३१ ले बढेर १९४२ अंकमा कायम भएको छ। यसअघि सोमबार ८ अंकले नेप्से बढेको थियो।
योसँगै लगातार ६ दिनसम्म बजार हरियो बनेको छ। कुल २१९ कम्पनीको मूल्य बढ्दा २ को घट्यो भने १ को स्थिर रहृयो ।यस दिन कारोबार रकम २ अर्ब २० करोड पुगेको छ।यसअघि सोमबार कुल १ अर्ब २७ करोडको कारोबार भएको थियो।
सेयर बजारका सबै उपसमूह बढेका छन्।बैंकिङ २१,विकास बैंक ८२,फाइनान्स ४९,होटल तथा पर्यटन १२८,जलविद्युत् ६४,जीवन बीमा ३६५, उत्पादन १८३, माइक्रोफाइनान्स १३७,निर्जीवन बीमा ३५५,व्यापार ८० र अन्य उपसमूह ३१ अंक बढे।
धेरै मूल्य बढ्ने कम्पनीमा कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्त रहे। यी सबै कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। रिभर फल्स पावर र अजोड इन्स्योरेन्सको मूल्य ८ प्रतिशत बढ्यो।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट,नेपाल टेलिकम,एनआईसी एसिया बैंक,हिमालयन एभरेस्ट इन्स्योरेन्स र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे।