Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जनयुद्धलाई राजनीतिक आन्दोलन मान्न एमाले तयार नभएकोमा देवेन्द्र पौडेलको आपत्ति

जनयुद्धलाई राजनीतिक आन्दोलन मान्न एमाले तयार नभएकोमा देवेन्द्र पौडेलको आपत्ति

  • मंगलवार, जेठ ९ २०८०

  • 571
    SHARES

  • जनयुद्धलाई राजनीतिक आन्दोलन मान्न एमाले तयार नभएकोमा देवेन्द्र पौडेलको आपत्ति

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले जनयुद्धलाई राजनीतिक आन्दोलन मान्न नेकपा एमाले तयार नभएकोमा आपत्ति जनाउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले एमालेलाई सशस्त्र द्वन्द्व भन्दा मजा लाग्ने, जनयुद्ध भन्दा नआउने भन्दै प्रश्न गर्नुभएको छ ।

    नेता पौडेलले एमालेले जनयुद्धलाई राजनीतिक आन्दोलन स्वीकार्न तयार हुनुहुन्न, देश उहाँहरुको मात्र हो र भन्दै प्रश्न दोहो¥याउनुभएको छ ।

    यस्तै पौडेलले एमालेको निर्णय मानेर आफूहरु जनयुद्धमा नगएको पनि बताउनुभएको छ । यस्तै अर्को प्रसंगमा नेता पौडेलले एमालेको माग अनुसार सरकारको नीति तथा कार्यक्रम फिर्ता नहुने दावी गर्नुभएको छ ।

    साथै कारागारमा रहेका रेशम चौधरीलाई गणतन्त्र दिवसमा माफी दिन लागिएको प्रसंगमा छलफल चलिरहेको तर टुंगोमा भने नपुगेको स्पष्ट पार्नुभयो ।


    मंगलवार, जेठ ९ २०८००८:३६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij