Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

‘ए’ डिभिजन लिग : आर्मी  र फ्रेन्ड्स तथा चर्च ब्वाइज र हिमालयन भिड्दै

‘ए’ डिभिजन लिग : आर्मी  र फ्रेन्ड्स तथा चर्च ब्वाइज र हिमालयन भिड्दै

  • सोमवार, जेठ ८ २०८०

  • 471
    SHARES

  • ‘ए’ डिभिजन लिग : आर्मी  र फ्रेन्ड्स तथा चर्च ब्वाइज र हिमालयन भिड्दै
    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत सोमबार(आज) दुई खेलहरू हुँदैछन् । लिगको दोस्रो लेगको सातौं चरण अन्तर्गत आज दुई खेलहरू हुनेछन् । जसमा एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछन् । 
     
    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
     
    आर्मी आज सातौं जितको योजनामा हुनेछ । आर्मी १९ खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । फ्रेन्ड्स छैटौं जितको खोजीमा हुनेछ । फ्रेन्ड्स १९ खेलमा २१ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
     
    यस्तै च्यासल मैदानमा शीर्ष स्थानमा चर्च ब्वाइज युनाईटेड र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
     
    चर्च ब्वाइज आज ११ औं जितको योजनामा छ । चर्च ब्वाइज १९ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । हिमालयन सातौं जितको योजनामा रहेको छ । हिमालयन १९ खेलमा २५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।


    सोमवार, जेठ ८ २०८००७:२९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij