Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

बझाङमा हिमपहिरोमा परेर ३ जना बेपत्ता, दुई जना घाइते

बझाङमा हिमपहिरोमा परेर ३ जना बेपत्ता, दुई जना घाइते

  • आइतवार, जेठ ७ २०८०

  • 498
    SHARES

  • बझाङमा हिमपहिरोमा परेर ३ जना बेपत्ता, दुई जना घाइते
    काठमाडौं । बझाङको पाटनमा हिमपहिरो जाँदा यार्सा संकलनका लागि गएका तीन जना बेपत्ता भएका छन् । आइतबार(आज) बझाङको सुर्मा गाउँपालिका–२ भानसेरा पाटनमा गएको हिमपहिरोमा परी तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 
     
    जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार अन्य दुई जना घाइते भएका छन् ।
     
    ‘तीन जना बेपत्ता भएको र दुई जना घाइते भएको भन्ने खबर छ। नेटवर्क नहुँदा घटनाको वास्तविक विवरण पाउन सकिएको छैन,’ विष्टले भन्नुभयो । 
     
    उहाँका अनुसार सोही पाटनमा यार्सा संकलनका लागि गएका स्थानीयले हिमपहिरोबारे जानकारी दिएका थिए । खबर पाएलगत्तै जिल्लाबाट प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको उहाँले बताउनुभयो । 
     
    सदरमुकामबाट स्थानीयलाई हिँडेरसमेत डेढ दिन लाग्ने उक्त पाटनमा प्रहरी टोली पुगेपछि मात्र यकिन विवरण आउने उहाँको भनाइ छ ।
     


    आइतवार, जेठ ७ २०८००५:२७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij