Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जना अभियुक्त, ४ वटा अपराधमा मुद्दा चलाउन सिफारिस गर्ने तयारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जना अभियुक्त, ४ वटा अपराधमा मुद्दा चलाउन सिफारिस गर्ने तयारी

  • आइतवार, जेठ ७ २०८०

  • 708
    SHARES

  • नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जना अभियुक्त, ४ वटा अपराधमा मुद्दा चलाउन सिफारिस गर्ने तयारी

    काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोजिएको घटनामा प्रहरीले ३२ जनालाई अभियुक्त बनाएको छ ।

    उनीहरुमाथि ४ वटा अपराधमा मुद्दा चलाउन सिफारिस गर्दै सकेसम्म आजै सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी रहेको छ ।

    यस घटनामा पहिलो पक्राउ गरिएको आज ५७ औं दिन हो । सरकारी वकिल कार्यालयले ६० औं दिन अर्थात् बुधबारसम्ममा अदालतमा अभियोगपत्र दायर गरिसक्नुपर्ने हुन्छ । त्यसैले प्रहरी अधिकारीहरुले हिजो रातिसम्म बसेर प्रतिवेदनलाई अन्तिमरुप दिन लागिपरेका छन् ।

    यस प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् भने थप १६ जनालाई प्रहरीले फरार सूचीमा राखेको छ । फरार भएकामध्ये पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक र उनका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजबाहेक अरु लो प्रोफाइलका हुन् ।

    प्रहरी स्रोतका अनुसार शरणार्थी प्रकरणमा २२ वटा जाहेरी परेका थिए । १०६ जनाले आफूहरुलाई पीडितका रुपमा प्रस्तुत गरेका छन् ।

    प्रहरीले आरोपिहरुमाथि चारवटा अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको छ । उनीहरुलाई ठगी, सरकारी कागजात किर्ते, संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सिफारिस गरिएको हो । तत्कालीन समयमा सार्वजनिक पद धारण गरेकाहरुको हकमा अख्तियारलाई पत्र लेख्ने तयारी छ ।

    अन्यको हकमा सम्पत्ति सुद्धिकरण विभागलाई पत्राचार गरिनेछ ।


    आइतवार, जेठ ७ २०८००२:१३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij