Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

काठमाडौँ उड्न लागेको बुद्ध एयरमा मुसा भेटियो

काठमाडौँ उड्न लागेको बुद्ध एयरमा मुसा भेटियो

  • शनिवार, जेठ ६ २०८०

  • 544
    SHARES

  • काठमाडौँ उड्न लागेको बुद्ध एयरमा मुसा भेटियो

    काठमाडौं। जनकपुरबाट काठमाडौँतर्फ उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित भएको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार बोर्डिङपास भइसकेपछि यात्रुले मुसा देखेपछि उडान स्थगित भएको हो।

    प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यात्रुले मुसा देखेपछि उडान स्थगित भएको र यात्रु अर्को जहाजमार्फत काठमाडौँ आएको जानकारी दिनुभयो।‘जहाजमा केही प्राविधिक खराबी देखिएको छैन,तर मुसा देखिएपछि चेकजाँच गर्न प्राविधिक टोली गएको छ।’

    यात्रुले मुसा देखेपछि विमान होल्ड गरिएको हो । जहाजमार्फत ४९ जना यात्रु काठमाडौँतर्फ आउन लागेका थिए । जहाज आजै बिहान साढे ८ बजे जनकपुर पुगेको थियो ।


    शनिवार, जेठ ६ २०८००१:२५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij