काठमाडौं। सेयर कारोबार साताको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ३२.३० अंकले बढेर १८७७.३२ विन्दुमा पुगेको छ। यसदिन नेप्से बढेसँगै कारोबार रकममा उल्लेख्य सुधार आएको छ।
२६४ कम्पनीको ४४ लाख २२ हजार १८६ कम्पनीको १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँमा खरिदबिक्री भयो।आज ३२ हजार ५७९ पटक सेयर कारोबार भयो।दोहोरो अंकले उकालो लागेको बजारमा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
हिमालय उर्जा विकास र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो।शिव श्री हाइड्रो पावरको सेयर मूल्य ८.१४ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा नेपाल दूरसंचार कम्पनी शीर्ष स्थानमा रह्यो।
सो कम्पनीको ८ करोड ६३ लाख बढिको सेयर कारोबार भयो।यस्तै शिवम् सिमेन्टको ७ करोड ११ लाख मूल्यको सेयर कारोबार भयो। एनआईसी एसियाको ६ करोड ७६ लाखको सेयर कारोबार भयो। कारोबारमा आएका १३ वटा उपसमूहको सूचक सकारात्मक देखिएका छन्।
होटल्स एन्ड टुरिजम उपसमूहको सूचक सर्वाधिक ३.७५ प्रतिशतले बढ्यो।ट्रेडिङ उपसमूहको सूचक ३.७१ प्रतिशतले उकालो लाग्यो। यस्तै डेभलपमेन्ट बैंक, फाइनान्स, हाइड्रोपावर, लाइफ इन्स्योरेन्स,माइक्रो फाइनान्स उपसमूहको सूचक २ प्रतिशत बढिले बढेको हो।